काठमाडौं फागुन, १९–
प्राईम कर्मसियल बैंकले मंगल जनबिजय क्याम्पसलाई बेन्ज वितरण गरेको छ । बैैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. — ३, काभ्रेपलाञ्चोक जिल्ला, रोेशी गाउँपालिका मंगलटार स्थित मंगल जनबिजय क्याम्पसका बिद्यार्थीहरुलाई अध्ययनमा सुबिधा पु¥याउने हेतुले ६० वटा बेन्च डेक्स बनार्ई एक समारोहका बीच हस्तान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले क्याम्पस प्रशासनलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुुन् । साथै सो क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बैंकिङ्ग चेतनामूलक शिक्षा प्रदान गरि बैंक तथा बित्त सम्बन्धी अन्र्तरक्रिया समेत गराए । उक्त समारोहमा संघीय संसदका सदस्य श्रीमती शशी श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।