बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिद्धार्थ बैंकको भिसा कार्डमा रु. १०० र रु. २५० नगद फिर्ता

आइतबार, फाल्गुन १९ २०७५

काठमाडौं फागुन, १९–
सिद्धार्थ बैंकले आफ्नो भिसा कार्ड बाहक ग्राहकहरुलाई लक्ष्य गरी नगद फिर्ता योजना ल्याएको छ । यस योजना अन्तर्गत पहिलो पटक  रु ५०० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले रु. १०० नगद क्यास ब्याक पाउनेछन् । त्यस्तै पहिलो पटक रु ५०० वा सोभन्दा बढि रकम बैंकको कार्डबाटै भुक्तानी गरेमा ग्राहकहरुले रु २५० नगद क्यास ब्याक पाउन सक्नेछन् । 
ग्राहकहरुको माग बमोजिम नविनतम वित्तिय सेवाहरु सरल र सहजरुपमा उपलब्ध गराई ग्राहकहरुको सन्तुष्टि र सरोकारवालाहरुको मन जित्दै देशको अग्रणि बैंक बन्ने परिकल्पना अनुरुप डेढ दशक अघि स्थापना भएको सिद्धार्थ बैंकले हालसम्म देशभर रहेका एक सय ३९ वटा शाखा ( तीन वटा एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग तथा एक सय ५० वटा एटिएमहरु मार्फत छ लाख २२ हजार भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउँदै आइरहेको छ ।