बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हेलिकप्टर दुर्घटना हुनुको नयाँ तथ्य सार्वजनिक, भिटु ट्रयाकरले दियो जानकारी

शनिबार, फाल्गुन १८ २०७५

काठमाडौं फागुन, १८–
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार हेलिकोप्टर पाथीभरा मन्दिरबाट उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ ।

भिटु ट्याकर प्रविधिले त्यस्तो अवस्था देखाएको हो । भिटु ट्याकर भनेको हेलिकोप्टरमा रहेको जीपीएस डीभाइसको सहयतामा इन्टनेटमार्फत हेलिकोप्टरका सबै गतिविधि नियाल्ने प्रविधि हो ।

यो प्रविधिका अनुसार हेलिकोप्टरले बुधबार १२ बजेर ३४ मिनेटमा पाथीभरा मन्दिरमा रहेका हेलिप्याडबाट भुँई छाडेको देखिएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

तेह्रथुमको आठराईबाट ११ बजेर ३० मिनेटमा पाथीभरातर्फ प्रस्थान गरेको हेलिकोप्टर ११ बजेर ४९ मिनेटमा पाथीभरा मन्दिरको हेलिप्याडमा अवतरण भएको उक्त प्रविधिले देखाउँछ ।

तेह्रथुमको आठराईमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश पोडारले राखेको उडान अभिलेखमा पनि तेह्रथुमको आठराईबाट ठिक ११ बजेर ३० मिनेटमा हेलिकप्टर उडान भएको उल्लेख छ ।