काठमाडौं फागुन, १७–
बुधबार हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
शुक्रबार मन्त्री अधिकारीकै गृहजिल्ला कास्कीको रामघाटमा उनको अन्त्येष्टि गरिएको हो । दिवंगत अधिकारीको शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिएका हुन् ।
अन्त्येष्टिअघि पोखराको नयाँबजार, महेन्द्रपुल र हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरिएको थियो । अधिकारीको शव शुक्रबारै काठमाडौंबाट पोखरा ल्याइएको थियो ।