काठमाडौं फागुन, १७–
आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ६२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
हिजो तोलामा २ सय रुपैयाँ घटेर सुन तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने आज घटबढ भएको छैन । यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।