बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पर्यटनमन्त्री अधिकारीको निधनमा पार्टीको झण्डा आधा झुकाउने नेकपाको निर्णय

बिहिबार, फाल्गुन १६ २०७५

काठमाडौं फागुन, १६–
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा आज  पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
 बिहीबार बसेको नेकपा सचिवालयको बैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

पार्टीका सबै कार्यालयमा आज आधा झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिनेछ भने २३ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम समेत गर्नेछ ।

नेकपाले दुर्घटनामा मृत्यु भएकाहरुको परिवारको आर्थिक अवस्था हेरेर सहयोग गर्न पनि सरकारलाई आग्रह गरेको छ ।