बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जलिसकेको हेलिकप्टरको मसँग तस्बिर खिच्नुको विकल्प थिएन !

बिहिबार, फाल्गुन १६ २०७५

काठमाडौं फागुन, १६–
बुधबार दिउँसो साढे एक बजे पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यले फोनबाट सिम्रिक एयरका कर्मचारीलाई गराएका रहेछन् । कर्मचारीले मलाई सुनाए । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

तत्कालै एयर डाइनेस्टीका कर्मचारीले ‘भिटु ट्याक’मा जहाज हल्लिएको नदेखेपछि ताप्लेजुङ विमानस्थलको टावरमा खबर गरेका रहेछन् । टावरले सम्पर्कमा नभएको जानकारी दिइसकेको थियो । तत्कालै हेलिकप्टर लिएर घटनास्थल पुग्दा दुर्घटनाग्रस्त हेलिकप्टर जलेर नष्ट भइसकेको थियो ।

हेलिकप्टरमा सवार सबैको मृत्यु भएको थियो । धेरैको शव पनि आधाजसो जलिसकेको थियो । आगो निभिसकेको तर धुँवा भने उडिरहेको थियो । मसँग तस्बिर खिच्नुको विकल्प थिएन ।