काठमाडौं फागुन, १५–
नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो ३३ औँ वार्षिकोत्सवको दिन पारी रक्तदान कार्यक्रम आयोजना गरेको छ । दरबारमार्गस्थित प्रधान कार्यालयमा बिहान ९ बजेदेखि २ बजेसम्म आयोजित कार्याक्रममा एक सय १९जना सहभागीहरुले रक्तदान गरेका थिए ।
ग्रान्डी इन्टरनेशनल अस्पतालको सहयोगमा बैंकले उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, कर्मचारी तथा सहयोगीहरुले उत्साहजनक रुपमासहभागिता जनाएका थिए ।