बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता

बुधबार, फाल्गुन १५ २०७५

काठमाडौ फागुुन, १५–
सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंक लिमिटेडका विच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिककर्जा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । सैनिक कल्याणकारी कोष जंगी अड्डाका तर्पmबाट उपरथी ताराध्वज पाण्डे र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् ।  
सम्झौता बमोजिम नेपाल सैनिक जंगी अड्डाद्वारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकास प्राप्त सकल दर्जाका सैनिकहरुका छोरा छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गत जस्तै चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातकवा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ । यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् २५ लाख सम्मको हुनेछ । यो शैक्षिक कर्जा सुविधा प्रभु बैंकको बबरमहलस्थित मुख्य शाखा कार्यालयबाट अथवा कर्जा सुविधा लिन चाहने विद्यार्थिलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट झण्झटरहित तबरले प्राथमिकताका साथ उपलब्ध हुनेछ । 
सैनिक कल्याणकारी कोष र प्रभु बैंक विच सम्पन्न शैक्षिक कर्जा सम्बन्धी सम्झौताले बहालवाला तथा अवकास प्राप्त नेपाल सैनिकका क्षमतावान एवं जेहेन्दार सन्ततीहरुलाई विभिन्न प्राविधिक विषयहरुमा उच्च शिक्षा हासिल गर्नका लागि आर्थिक सहयोग हुनेछ । यस सम्झौतबाट सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियतकर्जा, २०७५ पूर्ण रुपमाकार्यान्वयनमा आई आप्mना हिताधिकारी तथा बहालवाला एवं अवकासप्राप्त सैनिकका सन्ततीहरुलाई उच्च शिक्षा हासिल गराई सम्मानपूर्वक जीवनयापनमा सहयोग पुर्याउने एवं मुलुकलाई आवश्यक पर्ने दक्षएवं प्राविधिक जनशक्ति उत्पादनमा योगदान पुराउने सैनिक कल्याणकारी कोषको योजना सफलीभूत हुने भएको छ । सम्बन्धित विद्यार्थीहरुको उच्चशिक्षा हासिल गर्ने अभिलाषा पूरा हुने बैंकले विश्वास लिएको छ । नेपाल सैनिकका जेहेन्दार एवं क्षमतावान सन्ततीहरुको प्राविधिक विषयमा उच्चशिक्षा हासिल गर्ने चाहानालाई आर्थिकरुपमा सहज बनाउने कार्यमा योगदानगर्न पाएको तथा नेपाल सैनिक जंगी अड्डा जस्तो गरिमामय संस्थासँग समन्वय गर्दै कार्य गर्न पाएकोमा प्रभु बैंक आफुलाई गौरवान्वित महशुस गरेको जनाएको छ ।