बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिद्धार्थ बैंकद्वारा सहुलियतपुर्ण कर्जा वितरण

सोमबार, फाल्गुन १३ २०७५

काठमाडौ फागुुन, १३–
सिद्धार्थ बैंकले सहुुलियतपुर्ण कर्जा वितरण सुरु गरेको छ । बैंकले नेपाल राष्ट्र« बैंकबाट जारी निर्देशन, २०७५ अनुरुप ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा आफ्नो सम्पूर्ण शाखाहरु मार्फत सेवाग्राहीलाई प्रदान गर्न सुचारु गरेको हो ।
बैंकले सिद्धार्थ महिला उद्यमशिलता कर्जा १५ लाख रुपैयाँसम्म, सिद्धार्थ विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैयाँसम्म, सिद्धार्थ उच्च र प्राविधिक तथा व्यवसाय कर्जा पाँच लाख सम्म, सिद्धार्थ दलित समुदाय व्यवसाय कर्जा १० लाख रुपैयाँसम्म, सिद्धार्थ भुकम्प पिडित आवास निर्माण कर्जा तीन लाख रुपैयाँसम्म, सिद्धार्र्थ शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रुपैयाँसम्म र सिद्धार्थ व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाँच करोड रुपैयाँसम्मको सहुलियत कर्जाको वितरण कार्य सुरु गरेको हो ।  
ग्राहकहरुको माग बमोजिम नविनतम वित्तिय सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराई ग्राहकहरुको सन्तुष्टि र सरोकारवालाहरुको मन जित्दै देशको अग्रणि बैंक बन्ने परिकल्पना अनुरुप डेढ दशक अघि स्थापना भएको बैंकले हालसम्म देशभर रहेका एक सय ३९ वटा शाखा (तीन वटा एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग तथा एक सय ५० वटा एटिएमहरु मार्फत छ लाख २२ हजार भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउँदै आइरहेको छ । त्यस्तै, २०७५ माघ मसान्तसम्ममा बैंकको चुक्ता पँुजी आठ अर्ब ८८ करोड रहेको छ भने एक खर्ब आठ अर्ब निक्षेप संकलन गरि एक खर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।