बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस पार्टी कार्यालयमा नेविसंघका दुई समूहबीच ढुंगा हानहान, पार्टी कार्यालयमा विद्यार्थीलाई प्रवेश निषेध

आइतबार, फाल्गुन १२ २०७५

काठमाडौं फागुन, १२–
नेविसंघको प्रदर्शनका कारण नेपाली कांग्रेसको पार्टी कार्यालय, सानेपा परिसरमा  तनाव उत्पन्न को छ । नेविसंघभित्रको विवादले चर्को रुप लिएसँगै आइतबार पार्टी कार्यालय सानेपा सिटौला समूह र संस्थापन समूहबीच ढुंगा हानाहान भएको हो । स्थिति तनावपूर्ण भएपछि प्रहरीले लाठीचार्ज गर्नुपरेको छ ।

नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने बिषयमा दुबै पक्षबीच विवाद हुँदै आईरहेको छ । 
दुबै पक्षका विद्यार्थीबीचको झडपमा स्थितिले उग्र रुप लिएपछि प्रहरीले लाठी चार्ज पनि गरेको थियो । त्यसक्रममा पत्रकार केशव साउद पनि घाइते भएका छन् ।

हाल पार्टी कार्यालयभित्र विद्यार्थी नेतालाई प्रवेश निषेध गरिएको छ ।

संस्थापन समूहभित्रका सहमहामन्त्री प्रकाशशरण महतनिकट मानिने ऋषिकेषजंग शाहलगायत विद्यार्थी नेताले फागुन ९ गते पार्टी कार्यालयभित्र पार्टी उपसभाति विमलेन्द्र निधि र नेता प्रकाशमानसिंह कार्यालय जाँदा सिटौला समूहका विद्यार्थीले रोकेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।

शाहलगायत विद्यार्थी समूहले अनुशासन कायम हुनुपर्ने माग गर्दै नाराबाजी गरेका छन् । विद्यार्थी नेता समूह शाह समूह तदर्थ समिति बनाउँदा ३२ वर्षे उमेर हद ल्याउनैपर्ने अडानमा छ ।

आफूले भनेअनुसार नभए र सोहीअनुसार विधान कार्यान्वयन नभए समानान्तर तदर्थ समिति बनाउने सिटौला समूहका विद्यार्थी नेता निरञ्जन थापाले चेतावनी दिएका छन् ।

नेविसंघको कार्यालय गएको माघमा सकिएको छ । कार्यकालभित्र निर्वाचन हुन नसकेपछि अध्यक्ष नैनसिंह महरले राजीनामा दिइसकेका छन् । काँग्रेसको जारी केन्द्रीय समिति बैठकले नेविसंघको तदर्थ समिति बनाउने तयारी गरेको छ ।