बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेविसंघले कांग्रेस पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गर्ने

आइतबार, फाल्गुन १२ २०७५

काठमाडौं फागुन, १२-
नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) कांग्रेस पार्टी कार्यालयमा विरोध  प्रदर्शन गर्ने भएको छ । 

नेविसंघले कांग्रेसका नेताहरूमा अराजकता, अनुशासनहीनता र अन्तरघात गर्ने प्रवृत्ति आइतबार प्रदर्शन गर्न लागेको हो । 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै गर्दा दवाव दिन नेविसंघले प्रदर्शन गर्न लागेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकटका विद्यार्थी नेता ऋषिकेशजंग शाहको समूहले सानेपामा प्रदर्शनको तयारी गरेको हो ।
११ औं महाधिवेशनबाट चुनिएको नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमिति भने भंग भइसकेको छ ।

नयाँ अध्यक्ष बन्न विद्यार्थी नेताहरूले विभिन्न खालका दवाव र प्रदर्शन गर्दै आएका छन् । केही दिन अगाडि कृष्णप्रसाद सिटौला समूहका विद्यार्थीले कांग्रेसका नेताहरूलाई हातपातको प्रयास गरेका थिए ।