काठमाडौ फागुन, ८–
अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा नेपालमा बीमा सम्वन्धी कारोबार गर्दे आएको मेट लाईफले नेपालका एक सय २० जना कर्मचारीहरु २०७५ माघ २८ देखि ३० गतेसम्म ह्याबिट्याट फर ह्युम्यानिटिसँग सहकार्य गरी पाँँचखाल काभ्रेको भुकम्प प्रभावित क्षेत्रमा आवास पुननिर्माण कार्यमा स्वयंसेवकको रुपमा संलग्न भएका छन् । समुदायको अवास निर्माण गर्ने कार्यमा स्वयंसेवीहरु स्थानीय समुदाय सँगसँगै ढुंगा फुटाउने, इट्टा बोक्ने र स्वेलिङ गर्ने जस्ता कार्यमा संलग्न भएका थिए ।
कम्पनीका अनुसार स्वयंसेवीको टोलीमा मेटलाइफ नेपालको हेड अफ अपरेसन, रामकुमार यादवसँगै कम्पनीका भाइस प्रेसिडेन्ट र जेनेरल म्यानेजर निर्मल काजी श्रेष्ठ सामेल भएका थिए । ‘केही वर्ष ठुलो नोक्सानी र दुःख व्योहोरेका पाँचखालका समुदायको आवास पुननिर्माण कार्यमा ह्याबिट्याट फर ह्युम्यानिटिसँग सहकार्य गर्न पाउँदा कम्पनीले गौरव महसुस गरेको गरेका छौं । हामी हरेक दिन विश्वका लाखौ ग्राहकका सम्पत्ति, वित्तीय व्यवस्था, परिवार र भविष्यको संरक्षण गर्ने प्रयास गर्दछौँ रहाम्रो स्वयंसेवाको प्रयास हामीले गर्ने कार्यको विस्तारित रुप हो’ कम्पनीका भाईस प्रेसिडेन्ट एवम् जनरल म्यानेजर श्रेष्ठले भने ।
स्वंयसेवाको कार्यले हामीलाई स्थानिय समुदायसंग अन्र्तकृया गर्ने मौका त मिल्यो नै यसले उनीहरु र उनीहरुको परिवार संगसंगै कामगर्ने, उनिहरुको जीवनलाई नजिकबाट नियाल्ने र उनिहरुको आवश्यकताबुझ्ने मौका पायौँ, उनले भने । मेट लाईफले एसियाका धेरै देशमा ह्याबिट्याट फर ह्युम्यानिटिसँग विभिन्न आयोजनाहरुमा काम गरिसकेको छ । सन् २०१८ मा मेट लाइफका स्वयंसेवीले एसियाका नौ देशमा २५ हजार भन्दा बढी घण्टा समयको योगदान दिइसकेका छन् ।