बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा बल्ल देखियो हरियाली, सबै समुहले कमाए

मंगलबार, फाल्गुन ७ २०७५

काठमाडौ फागुुन, ७–
नेप्सेमा आज मंगलबार भने पुरै हरियाली छाएको छ । नेप्से आज २२ दशमलव ४४ अंकले बढेर ११ सय २४ दशमलव ९६ पुुग्दा सेन्सिटिभ पनि चार दशमलव ५५ अंकले बढेर दुुई सय ३८ दशमलव ९८ अंकमा चढेको छ । आज एक सय ६७ कम्पनीहरुको चार हजार पाँच सय ६८ वटा कारोबारमा सात लाख १४ हजार आठ सय ७६ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २१ करोड ४५ लाख ८८ हजार छ सय १९ रुपैयाँ पुुगेको छ ।  
आज १० वटा समुहको कारोबार हुँदा १० वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । वाणिज्य बैंक समुहको सुचक १४ दशमलव ६९ अंकले बढेर नौ सय ६० दशमलव ६६ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक पनि २१ दशमलव १६ अंकले बढेर १४ सय ३० दशमलव ६३ अंकमा चढेको छ । जलबिद्युत समुहको सुचक पनि २७ दशमलव पाँच अंकले बढेर ११ सय ३८ दशमलव ९० अंकमा पुुगेको छ । लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स उत्पादनममुुलक र अन्य समुहको कारोबार सुचक पनि उच्च अंकले बढेकाछन् ।  
कमाउने कम्पनीहरुको सुचीमा आज चौतारी लघुुबित्त बित्तीय संस्था, कालिका माईक्रो फाईनान्स लघुबित्त बित्तीय संस्था आदि परेकाछन भने गुुमाउने कम्पनीहरुको सुचीमा वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाईनान्स, खानीखोला हाईड्रो पावर कम्पनी आदि परेकाछन् । रकम कारोबारका आधारमा भने  अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नेपाल बैंक लगायतका कम्पनीहरु परेकाछन् ।