काठमडौं फागुन, ७–
सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । न्यायाधीश जोशीले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।
न्यायाधीश जोशी यसअघि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएपछि प्रधानन्यायाधीश नियुक्तिमा अस्वीकृत भएका थिए ।
लामो समय घरबिदामा बसेका जोशी ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका थिए । त्यसपछि जोशीलाई कानुनमन्त्रीको मध्यस्थतामा इजलाश दिइएको थियो । प्रधानन्यायाधीशमा नियुक्त भएसँगै चोलेन्द्र समशेरले उनको जिम्मेवारी खोसेका थिए । न्यायाधीश जोशीलाई महाअभियोग लगाउने तयारी समेत सार्वजनिक भएको थियो ।