काठमाडौं, फागुन ५
नेपाल राष्ट्र बैंकले भोलि सोमबार दुई अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको छ । जारी मिती फागुन सात गते मंगलबार तोकेर उक्त परिमाणमा ट्रेजरी बिक्री गर्न लागेको राष्ट्र बैकले जनाएको छ ।
ट्रेजरी खरिदको लागि भोलि अपरान्ह तीन बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनु पर्ने छ । राष्ट्र बैंकका अनुसार ९१ दिने अवधिको उक्त टे«जरीको परिपक्व हुने मिती आगामी जेठ जेठ सात गते रहेको छ । यसअघि यही माघ २८ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको दुई सय ५३ करोड रुपैयाँको ट्रेजरी जारी गरेको थियो ।