काठमाडौ, फागुन ५
कृषि विकास बैंकले ब्याजदर परिमार्जन गरेको छ । ग्राहकको चाहना र सन्तुष्टिलाई मुल नारा बनाई आफ्ना सेवाहरु बजारमा प्रवाह गर्दै आएकोमा पछिल्लो समय बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा व्याजदर परिमार्जन गरेको हो ।
बैंकको यही माघ २८ गतेको निर्णय अनुसार यही फागुुन एक गते देखि नै लागुु हुनेगरी व्याजदर परिमार्जन गरेको हो । बैंकले कर्जाको व्याज दरमा आम ग्राहकहरु आकर्षण हुने गरी बैकले लिई आएको साविक कर्जाको व्याजदरमा एक प्रतिशतले घटाएको छ । त्यसै गरी निक्षेपको ब्याजदरमा निक्षेप कर्ताहरु लाभान्वित हुने गरी साविकको व्याजदरमा एक दशमलव पाँच प्रतिशत थप हुने गरी बढाएको छ ।