बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से पहिलो दिन नै रातै, कमाउने भन्दा गुुमाउने समुह धेरै

आइतबार, फाल्गुन ५ २०७५

काठमाडौं फागुन, ५– 
नेप्से साताको पहिलो कारोबार दिन आज आइतबार लगभ रातै देखिएको छ । नेप्से आज तीन दशमलव १५ अंकले घटेर ११ सय नौ दशमलव ७२ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ७६ अंकले घटेर दुई सय ३६ दशमलव १६ अंकमा झरेको छ । आज एक सय ७३ वटा कम्पनीहरुको पाँच हजार एक सय ५१ वटा कारोबारमा आठ लाख २८ हजार आठ सय ५३ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २१ करोड सात लाख ३२ हजार एक सय ४७ रुपैयाँ पुगेको छ ।
आज ११ वटा समुहको कारोबार भएकोमा कमाउने भन्दा गुमाउने समुह धेरै देखिएकाछन् । ति मध्ये गुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ९२ अंकले घटेर नौ सय ५४ दशमलव २८ झर्दा जलबिद्युत समुहको सुचक पनि आठ दशमलव ३४ अंकले घटेर ११ सय २३ दशमलव ३८ अंकमा झरेको छ । निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, अन्य र लघुबित्त समुहको कारोबार सुचक पनि आज उच्च अंकले घटेकाछन् । आज बिकास बैंक समुहको सुचक भने तीन दशमलव ६८ अंकले बढेर १४ सय २० दशमलव ७२ अंकमा पुगेको छ । होटल र उत्पादनमुलक समुहको सुचक पनि आज बढेकाछन् । 
आज कमाउने कम्पनीहरुको चौतारी लघुबित्त बित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा कञ्चन डेभलपमेन्ट बैंक, रिडी हाईड्रो पावर कम्पनी आदि परेकाछन् । यसैगरी रकम कारोबारका आधारमा भने आज प्रभु बैंक नागरिक लगानी कोष आदि परेकाछन् ।