बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ईन्फ्रास्ट्रक्चर बैंकका सञ्चालकद्वारा आचार्यलाई अभिनन्दन

शुक्रबार, फाल्गुन ३ २०७५

काठमाडौं फागुुन, ३–
नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडको संचालक समितिले नेपाल सरकारद्वारा हालै भारतको लागि सिफारिस भएका राजदुत निलाम्बर आचार्य तथा बाँकी सात राष्ट्र र राष्ट्रसंघको लागि मनोनयन भएका उदय राज पाण्डे (मलेसिया), कृष्ण प्रसाद ढकाल (युएई), दिपक अधिकारी (फ्रान्स),  दुर्गा प्रसाद भण्डारी(कुवेत), भृगु ढुङ्गाना (क्यानडा), गणेश प्रसाद ढकाल (थाइल्याण्ड), मणी प्रसाद भट्टराइ (राष्ट्रसंघ, जेनेभा),  अमृत बहादुर राई (राष्ट्र संघ न्यूयोर्क) फागुुन एक गते बुुधबार बैंकको रजिष्टर्ड कार्यालय, कृष्णटावर, नयाँबानेश्वर, काठमाडौंमा अभिनन्दन गरेको छ ।  
अभिनन्दन कार्यक्रममा बैंकका अध्यक्ष अनुज अग्रवालले सम्पुर्ण अतिथिहरुलाई स्वागत गर्नुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले बैंकको लक्ष्य, उद्देश्य तथा कार्यक्षेत्र सम्बन्धी जानकारी गराए । आमन्त्रित अतिथिहरुले बैंकले भविष्यमा लिनुुपर्ने रणनीति तथा उद्देश्य सम्बन्धी राय सुझाव दिएका थिए ।