बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भक्तपुरको जंगलमा एक महिलाको शव फेला

बिहिबार, भाद्र २७ २०८१

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ४ गाम्चा स्थित चरखण्डी जंगलको खोल्सामा एक महिलाको शव फेला परेको छ । घटनास्थलमा शव स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार मृतक महिला ६० वर्षीया मिठु खत्री पौडेल हुन्, जो २०८१ साल भदौ २५ गते साँझ ५:०० बजेदेखि हराइरहेकी थिइन्। हराएको सम्बन्धमा भक्तपुरको प्रहरी वृत्त ठिमीमा निवेदन पनि परेको थियो।

मिठु खत्री पौडेलको शव सनाखत भइसकेपछि पोष्टमार्टमका लागि काठमाडौँ मेडिकल कलेज, दुवाकोट, भक्तपुर लगिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाको प्रकृति र कारण खुलाउन थप अनुसन्धान जारी रहेको प्रहरीले जनाइएको छ।