बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हत्कडीसहित फरार दमाईलाई गोली हानेर पक्राउ

बुधबार, फाल्गुन १ २०७५

कैलाली फागुन, १–
 हत्कडीसहित फरार भएका दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । गत सोमबार कैलाली जिल्ला अदालत परिसरबाट फरार दमाई बलात्कारको अभियोगमा  पक्राउ परेका थिए ।  लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको बेला हत्कडीसहित फरार भएका थिए ।

कैलाली प्रहरीका अनुसार उनलाई धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा गोली हानेर पक्राउ गरिएको हो । 

 खुट्टामा गोली लागेका  दमाईलाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।