बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भृकुटीमण्डपका पसल रातारात बन्द

आइतबार, माघ २७ २०७५

काठमाडौं माघ, २७–गएको सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गरी अनियमितता गरेको भन्दै पूर्व समाज कल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ग-यो ।

विषेश अदालतमा दायर भएको उक्त मुद्दामा अनीहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ट सय ७५ रुपैयाँ २० पैसा रकम हिनामिना गरेको दाबीसमेत गरेको छ । त्यसको भोलिपल्टै प्रदर्शनीहलपट्टिको ढोकातिर निस्कने बाटोभरि रहेका १५ वटा पसल रातारात बन्द गराइएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।