काठमाडौं माघ, २५–
साली बलात्कार गरेको अभियोगमा भिनाजु पक्राउ परेका छन् । प्रहरीले १७ वर्षीया सालीलाई बलात्कार गरेको अभियोगमा रामेछापको उमाकुण्ड गाउँपालिका–६ घर भएका ३८ वर्षीय लिलाबहादुर कार्कीलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१३ बाफल डेरा गरी बस्ने कार्की बिहिबार पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत कालीमाटीबाट खटिएको टोलीले सर्लाही बलरा नगरपालिका–५ घर भइ बाफलमै बस्ने किशोरीलाई बलात्कार गरेको खबर पाए लगत्तै उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको छ ।