बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेविसंघका अध्यक्ष महरसहित ६ जना पक्राउ

मंगलबार, माघ २२ २०७५

काठमाडौं माघ, २२–
नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरसहित विद्यार्थी नेता पक्राउ परेका छन् ।  पोखरामा नेविसंघका विद्यार्थीमाथि झुटा मुद्दा लगाएको भन्दै प्रदर्शन गरिरहेका नेविसंघका अध्यक्ष महरसहित  नेता कार्यकर्तालाई प्रहरीले काठमाडौंको वानेश्वरबाट पक्राउ गरेको हो । 
नेविसंघले पोखरामा सरकारी गाडीमाथि आगजनी गरिएको सम्बन्धमा नेविसंघका विद्यार्थीमाथि झूटा मुद्दा लगाएको भन्दै  प्रदर्शन गरिरहेको थियो ।  सोही प्रदर्शनमा  अध्यक्ष महरसहित विद्यार्थीलाई पक्राउ गरिएको नेविसंघका नेता उत्तम साउँदले जानकारी गराए । 
उनका अनुसार अध्यक्ष महर, उपाध्यक्ष नविन राई र नेताहरू सञ्जीव खड्का र सञ्जीव ढकाललाई पक्राउ गरिएको छ । पोखरा घटनामा सरकारी गाडीमा आगजनी गर्दै नियत नहुँदा–नहुँदै पनि चालकको प्रतिवादका कारण तोडफोड र आगजनी भएको भन्दै नेविसंघले मंगलवार वानेश्वरमा प्रदर्शन गरिरहेको थियो । नेविसंघले झूटा मुद्दा लगाइएका विद्यार्थीको रिहाइको माग गरेको छ ।