बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संघीय संसदका महासचिवलाई सुविधै सुविधा, सरकारी ढुकुटीको चरम दुरुपयोग

आइतबार, माघ २० २०७५

काठमाडौं माघ, २०–संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले कानूनले दिएकोभन्दा बढी सुविधा लिएर सरकारी ढुकुटीको दुरुपयोग गरका छन् ।

विशिष्ट श्रेणीबाट अवकाश लिइसकेका भट्टराईले सभामुखको सिफारिसमा महासचिव नियुक्त भएका हुन् । उनले विशिष्ट श्रेणीको पेन्सन र महासचिवको सेवासुविधा दुवै लिएका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

कानूनमा महासचिव भट्टराईले एउटा गाडी र चालक पाउँछन् । सरकारका मुख्य सचिवसरह पारिश्रकिम पाउँछन् । उनले ५ वटा गाडी र ३ जना चाकल लिने गरेको जानकारी संघीय संसद सचिवालय स्रोतले दिएको छ ।

उनी मासिक तलव र पेन्सन दुवै लिन्छन् । उनले प्रतिमहिना ५८ हजार ८ सय ८० तलब र ३२ हजार ८ सय ९९ रुपैयाँ पेन्सन बुझने गरेका छन् ।