बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नागरिकतामा तेस्रो लिङ्गी शब्द राख्ने नराख्नेमा सांसदहरुबीच विवाद

शनिबार, माघ १९ २०७५

काठमाडौं माघ, १९– नागरिकतामा तेस्रो लिङ्गी भन्ने शब्द राख्ने कि नराख्ने भनेर सांसदहरुबीच मतभेद भएको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले तेस्रो लिङ्गीलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आआफ्नो तर्क प्रस्तुत गरेका थिए । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

धेरैजसो तेस्रो लिङ्गीभन्दा उनीहरुको सम्मानमाथि चोट पुग्ने भन्दै सांसदहरुको त्यसको साटो अन्य लेखिनुपर्ने बताए । केही सांसदले भने अन्य लेख्दा पनि लैङ्गिक पहिचान स्पष्ट नहुने भन्दै यसबारे गम्भीर छलफल गरेर निर्णय गर्नु पर्ने बताए ।

नेपालमा नागरिता ऐन २०६३ लाई संशोधन गर्न बनेको बिधेयकमाथि छलफलमा सांसदले उनीहरुकोप नि सम्मान हुने गरी उपयुक्त शब्द खोज्नु पर्ने बताए ।