काठमाडौं माघ, १८–
मानव तस्करको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । मानव बेचबिखनको आरोप विवादमा मुछिएकी राजदूत शेर्पाले राजीनामा दिन बाध्य भएकी हुन् । हिजो मात्र नेपाल आएकी राजदूत शेर्पाले राजीनामा दिएकी हुन् ।
राजदूत शेर्पाका सवारी चालकले नै उनीमाथि मानव बेचबिखनको आरोप लगाउँदै अष्ट्रेलियन प्रहरीमा उजुरी दिएका थिए । परराष्ट्र मन्त्रालयले उनीमाथि लागेको आरोप छानबिन गर्न मन्त्रालयका सहसचिव मणी भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
छानबिन समितिले बोलाएपछि उनी केही समय पहिले नेपाल आएर जवाफ दिएकी थिइन् । समितिले रिपोर्ट मन्त्रालयलाई बुझाएपछि उनी अष्ट्रेलिया गएर आफ्नो सामानसहित फिर्ता भएकी हुन् ।
तत्कालीन माओवादी केन्द्रका तर्फबाट राजदुतमा नियुक्त शेर्पा विवादमा तानिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उनलाई राजीनामा दिन सुझाएका थिए ।