बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पूर्वयुवराज पारसको स्वास्थ्यमा उल्लेख्य सुधार, आजै डिस्चार्जको तयारी

शुक्रबार, माघ १८ २०७५

काठमाडौं माघ, १८–
 हृदयाघात भएपछि अस्पताल भर्ना भएका पूर्वयुवराज पारस  शाहको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । गम्भीर प्रकारको हृदयाघात भएपछि आइतबार दिउँसो नर्भिक अस्पतालमा भर्ना भएका शाह आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।
 उनको मुटुको कोरोनरी एञ्जियोप्लास्टी गरिनुका साथै स्टेन्ट राखिएको छ । हाल पारसको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनी सामान्य हिड्डुल गर्न सक्ने तथा बोलीचाली गर्न सक्ने अवस्थामा छन् । उनलाई सिसियुबाट अस्पतालको निजी क्याविनमा राखिएको छ । अस्पतालले अहिलेसम्मको रिपोर्ट हेर्दा उनी मेडिकल्ली फिट भएकै कारण डिस्चार्ज गर्न लागिएको जनाएको छ ।  अब उनले नियमित औषधी सेवन गर्नुका साथै जीवनशैलीमा उल्लेख्य सुधार गर्न जरुरी रहेको अस्पतालको भनाइ छ । 

खानपान तथा जीवनशैलीमा सुधार गर्नुका साथै नियमित औषधि सेवन गरे उनको स्वास्थ्यमा थप सुधार आउने चिकित्सकहरुको भनाइ छ । पारसलाई यही हप्ता अस्पतालले फलोअपमा बोलाएको छ ।

अहिले पारसलाई तेश्रो पटक हृदयाघात भएको हो ।  पारसलाई २०६३ सालमा मा पहिलोपटक हृदयाघात भएको थियो । त्यसपछि ०७२ सालमा दोश्रो पटक र गत आइतबार तेश्रो पटक हृदयाघात भएको हो ।