काठमाडौं माघ, १७–
लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतको पदमा लक्ष्मी प्रशाद दास नियुुक्त भएका छन् । यसअघि एलआईसी अफ ईण्डियामा सिनियर डिभिजनल म्यानेजरकोरुपमा कार्यरत रहेका दासलाई कम्पनीले माघ १५ गते मंगलबारदेखि नै कार्यान्वयनमा आउने गरी प्रमुुख कार्यकारी नियुुक्त गरेको हो । कम्पनीका अनुसार दाससंग बीमा क्षेत्रमा २६ बर्ष काम गरेको अनुभव रहेको छ ।
यसैगरी कम्पनीको यही माघ १४ गते बसेको सञ्चालक समितीको ९७ औं बैठकले सञ्चालक अध्यक्ष बिके शर्माको राजीनामा पनि स्वीकृत गरेको छ । एलआईसी ईण्डियाको प्रतिनिधीकोरुपमा रहेका शर्माको राजीनामा पश्चात कम्पनीको अध्यक्ष पदमा हेमन्त भार्गवलाई नियुुक्त गरिएको कम्पनीले जानकारी दिएको छ । भार्गवसँग बीमा क्षेत्रमा ३७ बर्ष काम गरेको अनुुभव रहेको छ ।