बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रियसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरिदैँ

बिहिबार, माघ १७ २०७५

काठमाडौं माघ, १७–
आज राष्ट्रियसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५  पारित गर्ने कार्यक्रम रहेको छ ।  बिहिबार दिउँसो २ बजे बोलाइएको  बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले   विधेयक पारित होस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । 
गत सोमबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट पारित भएको विधेयक  राष्ट्रियसभामा प्रस्तुत भएको थियो ।

डा. गोविन्द केसी सम्झौता विपरीत विधेयक ल्याइएको विरोधमा  गएको पुस २५ देखि आमरण अनसनमा छन् । 

राष्ट्रियसभामा बैठकमा महिला, बालबालिका तथा जेष्ठ नगारिक मन्त्री थममाया थापाले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची छ ।

यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले निवृत्तभरण कोष विधेयक, भुक्तानी तथा फर्छ्यौट विधेयक र नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विज्ञापन (नियमन गर्ने) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयकबारेको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।