काठमाडौं माघ, १५–
नागढुंगाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाले चेकजाँचको गर्ने क्रममा छुट्टाछुट्टै यात्रुबाहक बसबाट नियन्त्रित दुई जना लाई पक्राउ गरेको गरेको जनाएको छ ।
सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ७०७३ नम्बरको यात्रुबाहक बसबाट जिल्ला महोत्तरी गाउँपालिका वडा नं १ घर हुने १९ वर्षीय प्रविण कुमार पाण्डेले झोलामा लुकाइछिपाइ ल्याएको प्रतिबन्धित नाइट्राभेट १०० लेखिएको ६०० ट्याब्लेटसहित पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए।
यस्तै, वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ५११३ नम्बरको यात्रुबाहक बसबाट चेकजाँचकै क्रममा जिल्ला मकवानपुर छतिवन गाविस वडा नं। ६ बस्ने ३० वर्षीय विकास भोलनलाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको हो।
उनको साथबाट नुफिन ९० एम्पुल, डाइजेल्याब ९० एम्पुल र फेनरागन ९० एम्पुल गरी २७० एम्पुल फेला पारेको प्रहरीले जानकारी दिएको छ।
महानगरीय वृत्त थानकोटले पक्राउ गरिएका पाण्डे र भोलनलाई थप अनुसन्धान पश्चात् लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाइने जनाएको छ।