बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

केपी ओली विदेश रहेकाबेला नेकपाका शीर्ष नेताको झम्सिखेलमा ‘गोप्य बैठक’

आइतबार, माघ १३ २०७५

काठमाडौं माघ, १३–प्रधानमन्त्री केपी ओली विदेश रहेका बेला नेकपाका शीर्ष नेताहरूको ललितपुर झम्सिखेलमा ‘गोप्य बैठक’ बस्यो ।

बिहीबार साँझ अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेताको बैठक बस्यो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट वहुमतले पारित गर्नु अघिल्लो साँझ बसेको शीर्ष नेताहरूको उक्त बैठक विधेयक पारित गर्ने विषयदेखि पार्टीको अड्किएको एकता प्रक्रिया, सरकारका नियुक्तिलगायत विषयमा केन्द्रित थियो ।

सरकारले नियुक्तिलागयत विषयमा छलफलपछि निर्णय गर्ने स्थायी समिति बैठकको सारलाई पछिल्लो नियुक्तिमा प्रधानमन्त्रीले वेवास्था गरी अघि बढेको आवाज पनि उठेको स्रोतले बतायो ।

संवैधानिक परिषद्ले गत ६ माघमा ५ वटा आयोगका अध्यक्षको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । झम्सिखेल बैठकमा सचिवालय तथा सरकारमा रहेका नेताहरू ईश्वर पोखरेल र रामबहादुर थापा भने सहभागी थिएनन् ।