काठमाडौं माघ, १०–
साताको अन्तिम कारोबार दिन आज बिहिबार सेयर बजार घटेर नै रोकिएको छ । नेप्से आज शुुन्य दशमलव दुुई अंकले घटेर ११ सय ७२ दशमलव ७८ अंकमा पुुग्दा सेन्सिटिभ शुन्य दशमलव शुन्य आठ अंकले घटेर दुुई सय ४८ दशमलव ६५ अंकमा पुुगेको छ । आज एक सय ५८ कम्पनीहरुको पाँच हजार तीन सय २७ वटा कारोबारमा आठ लाख ८२ हजार आठ सय १७ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम २७ करोड २२ लाख ८१ हजार तीन सय सात रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा पाँच वटा समुहको सुचक घटेर रातो देखिएको छ भने पाँच वटा समुहको सुचक बढेर हरियो दिएको छ । यस मध्ये वाणिज्य बैंक समुहको सुचक एक दशमलाव ९९ अंकले घटेर नौ सय ९७ दशमलव तीन अंकमा पुुगेको छ । जलबिद्युुत समुहको सुचक पनि नौ दशमलव तीन अंकले घटेको छ । यि बाहेक फाईनान्स, जीवन बीमा र लघुबित्त समुहको सुचक पनि घटेका छन् । आज बिकास बैंक समुहको सुचक भने दुुई दशमलव दुुई अंकले बढेर १४ सय ५९ दशमलव ४३ अंकमा पुुगेको छ । निर्जिवन बीमा, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेका छन् ।
कमाउने कम्पनीहरुको सुचीमा नागरिक लगानी कोष, कन्काई बिकास बैंक आदि परेका छन् भने गुुमाउने कम्पनीहरुको सुचीमा जनता बैंकको संस्थापक सेयर, नेपाल सेवा लघुुबित्त बित्तीय संस्था आदि परेका छन् । यसैगरी रकम कारोबारका अधारमा भने अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नागरिक लगानी कोष आदि अगाडि परेका छन् ।