बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा चार अंकले बृद्धि, गुमाउने भन्दा कमाउने समुह धेरै

बुधबार, माघ ९ २०७५

काठमाडौं माघ, ९–
नेप्से आज बढेको छ । आज बुुधवार नेप्से चार दशमलव १५ अंकले बढेर ११ सय ७२ दशमलव ९८ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ६९ अंकले बढेर दुुई सय ४८ दशमलव ७४ अंकमा पुुगेको छ । आज एक सय ६३ कम्पनीहरुको पाँच हजार पाँच सय २३ वटा कारोबारमा १० लाख दुई हजार एक सय सात कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २४ करोड ७७ लाख ४३ हजार एक सय ५५ रुपैयाँ पुुगेको छ ।  
आज ११ वटा समुहको कारोबार हुँदा उत्पादनमुुलक र निर्जिवन बीमा समुहले गुमाएका छन् भने बाँकी नौ वटा समुहले कमाएका छन् । कमाउने समुहमा परेको वाणिज्य बैक समुहको सुचक एक दशमलव ४९ अंकले बढेर नौ सय ९९ दशमलव दुई अंंकमा पुुगेको छ  । बिकास बैंक समुहको सुचक छ दशमलव ८६ अंकले बढेर १४ सय ५७ दशमलव २४ अंकमा पुुगेको छ । जलबिद्युुत, निर्जिवन बीमा, लघुुबित्त, ट्रेडिङ, होटल, फाईनान्स र अन्य समुहको सुचक पनि बढेर हरियो भएका छन् । 
कमाउने कम्पनीहरुको सुचीमा आज सानिमा ईक्विटी फण्ड, अरुण खोला जलबिद्युुत कम्पनी आदि परेका छन् भने गुुमाउने कम्पनीहरुको सुचीमा जोशी हाईड्रो पावर कम्पनी, गोर्खाज फाईनान्स आदि परेकाछन । यसैगरी रकम कारोवारका आधारमा भने आज अपर तामाकोशी हाईड्रो पावर कम्पनी, माछापुच्छ्रे बैंक आदि परेका छन् ।