बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पसल चोरीको आरोपमा भारतमा चार नेपाली पक्राउ

बिहिबार, साउन १० २०८१

काठमाडौं । भारतको बेंगालुरुस्थित भगवथी बैंकर्स एण्ड ज्वेलर्सको पसलमा चोरी गर्नका लागि पसलको भित्तोमा ड्रिलिङ गरिरहेको आरोपमा चारजना पक्राउ परेका छन् ।

उनीहरु सबै नेपालका भएको जनाइएको छ ।

पक्राउ पर्नेमा ४२ वर्षिय दीपककुमार ठाकुर, ४२ वर्षकै मनोज सिंह, २८ वर्षिय बीम बहादुर शाही र २४ वर्षिय विवेक शाही भएको जनाइएको छ ।

उनीहरु राति १.१५ बजे सो पसलमा पुगेका थिए । उनीहरुले ड्रिलिङ गर्न लागेको सो स्थानमा बसेका दुईजनाले थाहा पाएपछि पसलका मालिकलाई तत्काल खबर गरेका थिए । लगत्तै प्रहरीलाई खबर गरिएपछि उनीहरु पक्राउ परेका थिए ।

उनीहरु यसअघि पनि चोरी काण्डमा परेर पक्राउ परेकोमा दुई हप्ता अघि मात्रै छुटेका थिए । त्यसपछि उनीहरु सुरक्षा गार्ड र ज्यालादारी कार्यमा पनि संलग्न हुँदै आएको बताइएको छ ।