बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

महेन्द्र यादव राजपाको अध्यक्ष मण्डलको संयोजक बने

आइतबार, माघ ६ २०७५

काठमाडौं माघ, ६–
आजदेखि राष्ट्रिय जनता पार्टी नेपालले  अध्यक्ष मण्डलको संयोजक परिवर्तन गरेको छ।
शनिबार  बसेको पार्टीको बैठकले चक्रीय प्रणाली अनुसार माघ ६ गतेदेखि संयोजक पद राजेन्द्र महतोबाट महेन्द्र यादवलाई दिने निर्णय गरेको हो।
 गत मंसिर ४ गते महतो पार्टीको अध्यक्ष मण्डलको संयोजक बनेका थिए।

शनिबारको राजपा बैठकले आन्दोलनका सहिदका परिवारलाई सहयोग गर्न सहिद कल्याण कोष  स्थापना गर्ने र माघ १६ गते केन्द्रीय परीवेक्षकको उपस्थितिमा जिल्ला सदरमुकाममा सदस्यता अभियानको समीक्षा बैठक गर्ने निर्णय  पनि गरेको छ।