बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिद्धार्थ इन्स्योरेन्सद्वारा तीनवटा नयाँ बीमा योजना सार्वजनिक

शुक्रबार, माघ ४ २०७५

काठमाडौं माघ, ४–
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले तीन नयाँ बीमा सेवाहरु थप गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईं तथा सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडियाले सयुक्त रुपमा उक्त बीमा योजनाको सुरुवात गरेका हुुन् ।  
कम्पनीका अनुसार सिद्धार्थ आदर्श नारी दुर्घटना बीमा महिलाहरुको आर्थिक सुरक्षालाई मध्यनजर गरेर ल्याइएको महिलामैत्री बीमा लेख हो । यो बीमा लेखले बीमितको साथै नीजको पतिको समेत दुर्घट्ना बीमा जोखिम बहन गरेको छ । यसको साथसाथै  बीमित अस्पताल भर्ना भएको उपचार खर्च समेत बहन गर्ने सम्बन्ध बिच्छेदको अवस्था आई परेमा सो सम्बन्धमा आईपर्ने खर्च बहन गर्ने दुर्घट्ना जन्य कारण –(वाढी, पहीरो,आगलागी, भुईचालो) बाट घरायसी सामानको क्षति भएमा सो समेत जोखिम बहन गर्ने तथा सुत्केरी गराउने सिलसिलामा अपरेशन वा सुत्केरी हुन नसकी बीमितको मृत्यु भएमा जस्ता सेवा समावेश गरिएको छ ।
यस्तै अर्को महत्वपुर्ण बिमामा सिद्धार्थ पारिवारिक दुर्घटना बीमाले एकै परिवारका चार सदस्य श्रीमान, श्रीमती तथा दुई १८ वर्ष सम्मका सन्तान एकै बीमा लेखमा समावेश गर्ने छ । वीमीतको पति वा पत्नीको जोखिम समेत बहन गर्ने, साथै बीमीतको १८ बर्ष सम्मका दुई वच्चाहरुको दुर्घट्ना जोखिम वहन गरिएको तथा  एक  परिवारलाई एकै बीमा लेखले सुरक्षित गर्ने छ । अर्को बीमा डाक्टर तथा चिकित्सा पेशामा रहँदा आइपर्ने कानूनी दायित्वको क्षतिपूर्ति प्रदान गर्ने उद्देश्यको बीमा रहेको छ । यो बीमा लेखले प्रचलित अन्य बीमा लेख भन्दा फरक ढङ्गले सामुहिक प्रतिबद्धता गरिएको रकम पनि क्षतिपूर्ति दिन्छ । कम्पनीले हाल ७० भन्दा बढी शाखा सञ्जालबाट आफ्ना सेवाहरु सञ्चालन गरिरहेको छ । कम्पनीका अनुुसार सोही कार्यक्रममा कम्पनीले आफ्नो सद्भावनादुतकोरुपमा पूर्व नेपाल सुन्दरी माल्भिका सुब्बालाई नियुक्त गरेको छ ।