काठमाडौं माघ, ३–
साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से ओरालोमा नै वितेको छ । नेप्से आज शुन्य दशमलव दुुई अंंकले घटेर ११ सय ८७ दशमलव ७७ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव पाँच अंकले घटेर दुुई सय ५१ दशमलव एक अंकमा सिमित भएको छ । आज एक सय ६४ कम्पनीहरुको चार हजार आठ सय ९७ वट कारोबारमा आठ लाख ३५ हजार आठ सय २६ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम २८ करोड ७७ लाख ५० हजार तीन सय २१ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोबार हुँदा आठ वटा समुहको कारोबार सुचक घटेर रातो देखिए पनि तीन वटा समुहको कारोबार सुचक बढेर हरियो देखिएको छ । वाणिज्य बैंक समुहको सुचक दुुई दशमलव ८१ अंकले घटेर एक हजार छ सय दशमलव ७९ अंकमा पुुगेको छ भने बिकास बैंक समुहको सुचक शुन्य दशमलव ७२ अंकले घटेर १४ सय ६६ दशमलव २३ अंकमा सिमित भएको छ । आज निर्जिवन बीमा, जीवन बीमा, ट्रडिङ, होटल, फाईनान्स र उत्पादनमुुलक समुहको सुचक पनि घटेर रातै भएका छन् । जलबिद्युुत, अन्य र लघुबित्त समुहको सुचक भने बढेर हरियो भएका छन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नेपाल हाईड्रो डेभलपर कम्पनी आदि परेका छन् भने गुुमाउने कम्पनीहरुको सुचीमा जोशी हाईड्रो पावर कम्पनी, कावेली बिकास बैंक आदि परेका छन् । यसैगरी रकम कारोबारका आधारमा भने आज नेपाल बैंक, नागरिक लगानी कोष आदि परेका छन् ।