काठमाडौं माघ, २–
नेप्से फेरि घटेको छ । आज बुुधबार नेप्से सात दशमलव ५७ अंकले घटेर ११ सय ८७ दशमलव ९७ पुुग्दा सेन्सिटिभ दुुई दशमलव पाँच अंकले घटेर दुुई सय ५१ दशमलव ५० अंकमा पुुगेको छ । आज एक सय ६९ कम्पनीहरुको पाँच हजार दुुई सय ४१ वटा कारोबारमा १७ लाख ४४ हजार एक सय ८७ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम ५३ करोड छ लाख ५१ हजार चार सय ३५ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोबार भएकोमा आठ वटा समुहले गुमाउँदा तीन वटा समुहले कमाएका छन् । गुुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव दुुई अंकले घटेर एक हजार नौ दशमलव ६० अंकमा पुुगेको छ भने बिकास बैंक समुहको सुचक एक दशमलव ४१ अंकले घटेर १४ सय ६६ दशमलव ९४ अंकमा पुुगेको छ । निर्जिवन बीमा, जीवन, होटल, फाईनान्स, अन्य र लघुबित्त पनि आज गुुमाउने समुह अन्र्तगत परेका छन् । कमाउने समुह अन्र्तगत भने आज जलबिद्युुत, उत्पादमुुलक र टे«डिङ समुह परेका छन् ।
कमाउने कम्पनीहरुको सुचीमा भने आज अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नेपाल हाईड्रो डेभलपर कम्पनी आदि परेका छन् भने गुुमाउने कम्पनीहरुको सुचीमा एनएमबि माईक्रो फाईनान्स बित्तीय संस्था, मिसन डेभलपमेन्ट बैंक आदि परेकाछन । यसैगरी रकम कारोवारका आधारमा भने नेपाल बैंक, एनआईसी एशिया बैंक आदि परेका छन् ।