काठमाडौ माघ, १–
नेपाल एसबिआई बैंकको २५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैैकले यही पुस ३० गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले बैंकको आर्थिक बर्ष २०७४—०७५ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७५ को वासलात, आ.व. २०७४—०७५ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
बैंकले आ.व. २०७४—०७५ मा दुुई अर्ब ६७ करोड १७ लाख संचालन मुनाफा र दुुई अर्ब दुुई करोड ३५ लाख रुपैयाँ खुद मुनाफ आर्जन गरेको छ । सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा १५ दसमलव ७९ प्रतिशतका दरले लाभांश (पाँच प्रतिसत वोनश शेयर र १० दसमलव ७९ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि. को आ.व. २०७४—००७५ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
सभाले आ.ब. २०७५—०७६ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा÷नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।