बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डा. केसीको स्वास्थ्य अवस्था विग्रियो, तत्काल आईसीयूमा राख्नुपर्ने

सोमबार, पुष ३० २०७५

काठमाडौं पुस, ३०–
१६ औं पटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीलाई तत्काल आकस्मिक कक्ष (आईसीयू) मा राख्नुपर्ने भएको छ ।  
 शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसनरत डा. केसीलाई सोमबार विहान जिल्ला अस्पताल लगिएको थियो । 
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट विजेन्द्रकुमार झाका अनुसार डा. केसीलाई निमोनिया भएको छ । उनको दायाँ फोक्सोमा इन्फेसक्सन देखिएको छ ।

रोगसँग लड्न सक्ने क्षमता कम हुँदै गएको छ भने रगतमा चिनीको मात्रा कम हुनुका साथै मुटुको चाल अनियमित भएको छ । मुटुको चाल घटेर ३४ र बढेर २४० सम्म पुगेको छ ।

‘सर अर्जेन्ट आईयूसी केयर चाहिने अवस्थामा पुगिसक्नु भएको छ’ निमित्त मेडिकल सुपरिटेण्डेन्ट झाले भनेका छन्, ‘यहाँ इलाम अस्पतालमा आईसीयू केयरको सुविधा छैन ।’

तर, डा। केसीको अनसन जारी नै राखेका छन् । चिकित्सकहरुले भने आईसीयू केयरमा राख्न नसक्ने कुनै पनि बेला दुर्घटना हुन सक्ने बताएका छन् ।