बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आशा लघुवित्तद्वारा कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न

सोमबार, पुष ३० २०७५

काठमाडौं पुुस, ३०– 
आशा लघुवित्त वित्तीय संस्थाले आफ्ना फिल्ड सहायक कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुइ दिने कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । यही २०७५ पौष २९ र ३० गते कोहलपुरमा सम्पन्न तालिममा संस्थाको ५, ६ र ७ नम्बर प्रदेशमा संचालित १८ वटा शाखा कार्यालयहरुमा  कार्यरत झण्डै ६० जना फिल्ड सहायक कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै संस्थाका प्रमुखकार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस प्रकारका तालिमहरुले फिल्ड कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्तगर्नुभयो । तालिम कार्यक्रममा आर एम डी सी लघुवित्त वित्तीय संस्था लि., कोहलपुर शाखाका प्रबन्धक भरत कुमार सिंहले कर्जा विश्लेषण, सदुपयोगिता निरीक्षण, कर्जा जोखिम व्यवस्थापन, पहिचान तथा समाधानका उपायहरु सम्बन्धमा प्रशिक्षण दिएका थिए  । कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु रबिन खतिवडाले तथा दिपेन्द्र खनालले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति दिएका थिए । 
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ककनी –६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत ३८ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब एक अर्ब ५० करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ३४ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।