बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वाइडबडी विमान प्रकरणमा ओली र प्रचण्ड संलग्न रहेको देउवाको आरोप

सोमबार, पुष ३० २०७५

धनगढी पुस, ३०–
वाइडबडी विमान खरीद प्रकरणमा मुछिन पुगेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले वाइडबडी प्रकरणमा ओली र प्रचण्ड संलग्न भएको आरोप लगाएका छन् । उननले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको बताउँदै घोटलामा पनि आफू नभई ओली र प्रचण्डको संलग्न रहेको जिकिर गरे । देउवाले भने, ‘वाइडबडी प्रंकरणमा मेरो हैन, ओली जी र प्रचण्डको जी को प्रत्यक्ष सलग्नता छ।’ ओली प्रधानमन्त्री भएको बेला सरकारले नै जहाज खरिदका लागि उपसमिति गठन गरेको र प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकार जमानत बसेर बोलपत्र खरिद गर्ने निर्णय भएको देउवाले प्रष्ट पारे । 
सोमबार धनगढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  पूर्वप्रधानमन्त्री समेत रहेका  देउवाले विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए । उनले भने ‘नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीदमा भएको अनियमितता मेरो कुनै संलग्नता छैन ।’ सभापति  देउवाले प्रश्न गरे, ‘मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो ?