बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि डा. केसीलाई अस्पताल लगियो

सोमबार, पुष ३० २०७५

काठमाडौं पुस, ३०–
स्वास्थ्यमा समस्यामा देखिएपछि अनसनरत डा.गोविन्द केसीलाई अस्पताल लगिएको छ ।
सोमबार बिहान डा. कसीको मुटुको गति अनियमित भएर स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई  इलाम अस्पतालमा लगिएको हो ।

 डा. केसीको दाहिने फोक्सोमा हावा कम भएर बेला–बेला मुटु तेज धड्किने तथा रोकिने भएकाले अस्पताल लगिएको चिकित्सक रामकृष्ण आचार्यले जानकारी गराए । उनका अनुसार डा.केसीको छात्तीमा संक्रमण भएको तथा टन्सिलले घाँटी सुन्निएको छ । 
आइतबार नै गरिएको परीक्षणमा डा.केसीको मुटुको गति अनियमित भइ अस्पताल लैजानुपर्ने अवस्था आएपनि उनी अस्पताल जान मानेका थिएनन् । 

डा. केसी गत पुस २५ गतेदेखि इलाममा १६ औं पटक आमरण अनसनमा बसेका छन् । उनले सरकारले  संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेको प्रतिवेदन  आफूसँगको सम्झौता  विपरित भएको बताउदै आएका छन् ।