बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

छाया मन्त्रीमा कांग्रेस सांसदले रुची देखाएनन्

सोमबार, पुष ३० २०७५

काठमाडौं पुस, ३०–
सरकारको निगरानी गर्न कांग्रेसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न  सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् । यो समाचार आजको नयाँ पत्रिकाबाट दिएको हो । 

 रुचि भएका तीन वटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदासमेत ६३ मध्ये १० सांसदले मात्रै नाम टिपाएका छन् । सांसदलाई नाम टिपाउन कांग्रेसले एक हप्ताको समय दिएको थियो ।

संसदीय दलको २४ पुसको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको काम–कारबाही नजिकबाट निगरानी गर्न छाया सरकार गठन गर्ने निर्यण गर्दै नाम टिपाउन सांसदलाई आग्रह गरेको थियो ।