बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै पाँच अनलाइनविरुद्ध रन्जु दर्शनाको उजुरी

आइतबार, पुष २९ २०७५

काठमाडौं पुस, २९–
विवेकशील साझाबाट छुट्टिएको समूहमा रहेकी नेतृ रन्जु दर्शनाले विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रसँग जोडेर आएका  समाचारविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन्।  शुक्रबार विवेकशील साझा पार्टीबाट छुट्टिए लगत्तै विवेकशील साझाका संयोजक  मिश्रसँग जोडेर आएका समाचारले चरित्र हत्या भएको भन्दै उनले उजुरी दिएकी हुन् ।   केही अनलाइनले पार्टी फुटेपछि ‘मिश्रले रञ्जुलाई पार्टी कार्यालयमै बलात्कार प्रयास गरेको’ आसयका समाचार प्रकाशन गरेका थिए। त्यसरी समाचार प्रकाशन गर्ने ५ वटा अनलाइनविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखामा साइबर क्राइम अन्तर्गत उजुरी दिको प्रहरीले जनाएको छ । विवेकशील साझाका संयोजक उज्जल थापासहित १६ जनाले शुक्रबार छुट्टै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।