बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हिमालयन बैंकद्वारा थप सुरक्षित मास्टरकार्ड डेबिट कार्ड शुभारम्भ

आइतबार, पुष २९ २०७५

काठमाडौं पुस, २९–
हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकमहानुभावहरुको लागि औपचारिक रुपमा आज पुस २७ गतेबाट अन्तराष्ट्रिय कार्ड प्रदायक मास्टरकार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा शुभारम्भ गरेकोे छ । 
यस अवसरमा हिमालयन बैंकका ग्राहकहरुले मास्टरकार्डबाट कारोबार गरि सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेंटहरुमा (होटल, रेष्टुराँ, पब लगायत अन्य पसलहरु) २० प्रतिशतसम्म छुट पाउने छन् । यसै अवसरमा बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि सो कार्ड निःशुल्क प्रदान गर्ने जानकारी गराएको छ । यस बाहेक मास्टरकार्ड धारी ग्राहकहरुले उक्त कार्ड नेपाल भरिका कुनै पनि पस मेशिनमा प्रयोग गरि सामान खरिद गरेमा आकर्षक नगद फिर्ता पाउने छन् । 
बैंकद्घारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र मास्टरकार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रिय प्रमुख पोरुष सिंहले उक्त कार्डको सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । 
उक्त अबसरमा बोल्दै बैंकका कार्यकारी प्रमुख राणाले मास्टरकार्डसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे र उक्त कार्डद्वारा बैंकका ग्राहकले अझ बढि सेवा सुविधा सुरक्षित रुपमा पाउने विश्वास व्यक्त गरे  । उनले उक्त कार्ड अत्याधुनिक चिप र पिन बाट सुसज्जित रहेको र नयाँ खाता खोल्दा ग्राहकहरुका लागि निःशुल्क प्रदान गर्ने जानकारी गराए ।  ग्राहकहरुले उक्त कार्ड नेपाल तथा भारतका प्रायजसो ए टि एम र पस मेशिनमा प्रयोग गर्न सक्नेछन् । 
उक्त अवसरमा मास्टरकार्डका तर्फबाट  पोरुष सिंहले पछिल्ला वर्षहरुमा नेपालले डिजिटल भुक्तानी प्रणालीमा र कार्डको प्रयोगमा उच्च प्रगति गरेको हुँदा मास्टरकार्डले उक्त प्रगति पथमा हिमालयन बैंकसँग सहकार्य गर्न पाउदा गौरवान्भित भएको बताएका छन् । उनले डेबिट कार्ड डिजिटल युगको प्रणालीमा अभिन्न अंग रहेको विश्वास गरेका छन् । उनले ग्राहकहरुलाई डिजिटल भुक्तानीमा उक्त कार्डमा भएको सुविधा र सुरक्षाको प्रत्याभुतिले उक्त कार्ड प्रयोग गर्न प्रोत्साहन गर्ने पनि बताए  । साथै उहाँले नेपालमा नगद रहित कारोबारलाई प्रोत्साहन गर्न मास्टरकार्ड प्रतिबद्ध रहेको बताए । 
हिमालयन बैंकका ग्राहकहरुले देशभरि भएका आफ्ना ५७ वटै शाखाहरुबाट उक्त कार्ड लिन सक्ने तथा १११ वटा एटिएम मार्फत प्रयोग गर्न सक्ने छन् । साथै उक्त कार्ड नेपाल र भारतका पस मेशिनहरुमा प्रयोग गर्दा कुनै पनि शुल्क नलाग्ने जानकारी गराएको छ । हिमालयन बैंक लिमिटेडले ग्राहकहरुका लागी सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिरहेको र चालु बर्षमा थप ६ बटा शाखा विस्तार गर्ने योजना रहेको पनि जानकारी गराएको छ ।