बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमबिबिएस भर्नामा निजी मेडिकल कलेजले मनपरी शुल्क लिन थाले, १४ लाख बढी असुल्छ नेशनल कलेजले

आइतबार, पुष २९ २०७५

काठमाडौं पुस, २९–चिकित्सा शिक्षा सुधारका लागि व्यापाक बहस भइर हेको बेला निजी मेडिकल कलेजहारुले मनपरी शुल्क लिएका छन् । सरकारले उपत्याकामा ३८ लाख ५० हजार र उपत्याकाबाहिर ४२ लाख ४५ हजारसम्म व्यवस्था गरेको छ । तर, मेडिकल पठाउने मेडिकलहरुले १४ लाख बढी लिएको भेटिएको छ । वीरगञ्जस्थित नेपाल मेडिकल कलेजले एमबिबिएसका विद्यर्थीसँग सरकारले तोकेभन्दा १४ लाखसम्म बढी शुल्क अशुलेको खुलेको छ । यो समचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

गत २६ असोजमा सरकारले एमबिबिएस उपत्याकाभित्रका कलेजलाई ३८ लाख ५० हजार र काठमाडौं बारिहका कलेजलाई ४२ लाख ४५ हजार शुल्क निर्धारण गरे पनि नेशनल मेडिकल कजेलले ५५ लाख ८५ हजार ५ सय उठाएको भेटिएको हो ।

नेपाल मेडिकल कलेजले नियम मानेको देखाउन दुई थरी बिल बनाउने गरेको पनि सूचना चुहिएको छ ।