बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आजदेखि खुल्यो जग्गा कित्ताकाट

शुक्रबार, पुष २७ २०७५

काठमाडौं पुस, २७–
 सरकारले करिब डेड वर्षअघि जग्गा कित्ताकाटमा लगाएको रोक फुकुवा गरेको छ ।  शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले  मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जमिन कित्ताकाट खुला गरेको जानकारी दिइन् । रोक्का गर्दा ब्यबहारिक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको उनको प्रष्टीकरण छ ।
कृषियोग्य जमिन कित्ताकाट र बिक्रीवितरणमा गत वर्ष लगाइएको प्रतिबन्ध मन्त्री अर्यालले उल्ट्याएकी हुन्।