काठमाडौं । सिद्धार्थ बंैक र हेयर एण्ड शान्ति ब्यूटी पार्लर प्रा. लि. बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले हेयर एण्ड शान्ति ब्यूटी पार्लर प्रा. लि. अन्तर्गत देशभर रहेका तेह्र हेयर एण्ड शान्ति ब्यूटी पार्लरका शाखाहरुमा बैंक कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाटभुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौंता ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।